२४ भदौ २०८३, बुधबार 1788954425
Banner

रवि लामिछानेले आज सदनमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार आज दिउँसो १ बजेबाट सुरु हुने संसद् बैठकमा सभापति लामिछानेले सम्बोधन गर्नका लागि सभामुखसँग समय मागिएको छ । संसद्को निर्धारित बैठकमा उनले समसामयिक राजनीतिक विषय तथा पार्टीका धारणाबारे सदनलाई सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।