२४ भदौ २०८३, बुधबार 1788971189
राजनीति

खरानी ग्याङको आशय केपी ओलीलाई जलाउने थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनमा अध्यक्ष एवम् पति ओलीलाई नै जलाउने योजना रहेको बताएकी छन् ।

आज सपनाको भग्नावशेष पुस्तक विमोचन समारोहमा बोल्दै उनले त्यो बेला घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने योजना रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो ।

अझै पनि केपी ओलीमाथि नानाथरीको आरोप लगाएर बसिरहेका छन । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप लाञ्छना लगाइरहेका छन्,’ । खरानी ग्याङको सरकारले आफूहरूलाई जति दुःख दिए पनि झेल्न तयार रहेको उनको भनाइ छ ।