काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । विरलै संसदमा उपस्थित हुने बालेन आज भने उपस्थित भएर पार्टी सभापति रवि लामिछानेको सम्बोधन सुनेका हुन् । सभापति लामिछानेले सम्बोधन सुरू गर्नै लाग्दा संसद प्रवेश गरेका उनी सकिने बित्तिकै निस्किए ।
लामिछानेले बोलिसकेपछि उनी आफ्नो सदाबहार शैलीमा कसैतिर हेर्दै नहेरी बाहिर निस्किएका हुन्। सभापति लामिछानेले देशले भोगिरहेको विपत्ति र अन्तर्राष्ट्रिय समुदायबीच नेपालले राख्नुपर्ने कुराका बारेमा बोलेका थिए ।

