२५ भदौ २०८३, बिहिबार 1789048217
समाचार

भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकले भोटोकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म भएका कामको बारेमा जानकारी माग गर्ने निर्णय गरेको हो ।

एमालेकी उपनेता पद्‌मा अर्यालले भनिन्, ‘भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गर्ने, संसदमा हाम्रो आवाज उठाउने निर्णय भएको छ । अहिले जे जति खोज, उद्धार र राहतका काम भइराखेका छन्, भएका कामका निम्ति धन्यवाद छ । सुरुमै सबैसँग समन्वय भएका भए अझ धेरै बाँच्थे होला । जनताको धैर्य धेरै रहँदैन । उनीहरूको गाँस, बास र कपासको व्यवस्था मिलाउन र सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’