२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:47 pm
समाचार

राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने

सूचना प्रेस २०८३ भदौ २५ बिहिबार ००:००, १२:५५ बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४४ जिल्ला अधिवेशन गरेको छ। भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका अनुसार जिल्ला अधिवेशन भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनका अनुसार बाँकी जिल्ला अधिकांशको भदौ मसान्तसम्म भित्र अधिवेशन गर्ने गरी मिति टुङ्गो लागेर तयारी भइरहेको छ। आज कालिकोट, भोजपुर, बारा र दोलखाको अधिवेशन भइरहेको उनले बताए।

राप्रपाले यसअघि नै मंसिर २६ देखि २८ गते पार्टीको महाधिवेशनको मिति तय गरेको छ। महाधिवेशनको तयारी तीव्र पार्दै जिल्ला अधिवेशनमा केन्द्रित भएको उनले बताए।