काठमाडौं । मर्मत कार्य सुरू गरिएको १० औं दिनमा पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ। गत भदौ १४ गतेको त्रिशूली बाढीका कारण कृष्णभिर सडकको तल्लो क्षेत्र कटान गरी सडक भासिएको थियो।
भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर १० औं दिनमा सडक पुनस् सञ्चालनमा ल्याइएको हो। आज अपराह्न ग्यास बुलेटहरू कृष्णभिर सडक कटाइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा नेपाली सेनासमेत पुगेको थियो।
साथै आजै धादिङकी प्रमुख जिल्ला अधिकारीलगायत पनि कृष्णभिर पुगेर सडक अवलोकन गरेका थिए। तत्कालका लागि ग्यास बुलेट, ट्रकहरू मात्र सञ्चालन गरिनेछ।

