२९ भदौ २०८३, सोमबार 1789394460
समाचार

मन्त्री परिन् प्रहरी कारबाहीमा

धनगढी । सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर प्रहरी कारबाहीमा परेकी छिन् । बिदाको दिन सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना गरेको हो ।

सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने सुपप्र ०१-००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना गरेको हो ।

उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ । उनलाई ५ सय रूपैंया जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ ।