काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यका क्रममा थप ७ वटा शव फेला परेका छन्।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि ६ वटा शव फेला पारेको थियो। शवसहित खोजीका क्रममा थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।
टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढाइरहेको छ।

