२ आश्विन २०८३, शुक्रबार 1789756519
समाचार

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनी जगन्नाथ देवल, सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका हुन् । उनीविरूद्व बैंकिङसहित १० वटा मुद्दा छन् । दुई मुद्दाका विवरण खुल्न सकेका छैनन् । विवरण खुलेका मुद्दामा पनि पुर्पक्षका लागि अदालतमा उपस्थित गराउनुपर्ने कारण थुनामा राखिएको हो ।

उनका विरुद्ध प्रहरी वृत्त दरबारमार्गमा अरुण अर्यालले दिएको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । उनले अर्याललाई दिएको ५ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको थियो ।

उक्त मुद्दामा मंगलबार ४० हजार धरौटी बुझाउन जिल्ला अदालतले आदेश दिएको थियोे । तर, अन्य ९ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने कारण पुनः प्रहरी हिरासतमा लगिएका थिए । अन्य मुद्दाको हकमा बिहीबार जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।