काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ११ शव निकालिएको छ । नेपाली सेनाका अनुसार शनिबार अडिट–३ सुरुङबाट ११ शव फेला पारेर बाहिर निकालिएको हो ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा टनेलभित्रको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो । सुरुङभित्र फसेका तथा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

