४ आश्विन २०८३, आइतबार 1789904911
अर्थ

सुनचाँदीको बजारमा बढोत्तरी, सुन ३ लाख ५ हजार माथि

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २१ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ३ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।