३ आश्विन २०८१, बिहिबार 1726810857
Banner

सत्तापक्षले निषेधको राजनीति ग¥यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायीत्वका लागि सहमति र सहकार्यको राजनीति आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पूर्वराजदुत समूहले गरेको कार्यक्रममा ओलीले देउवा नेतृत्वको सरकार बनेपछि निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । सत्ताको दम्भ र अहंकारले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने ओलीले बताउनुभयो ।

‘प्रतिपक्षी भनेको सरकारमा जान प्रतिक्षा गरिरहेको शक्ति मानिन्छ । गठबन्धन सरकार बनेपछि प्रतिपक्षीसँग कुनै सल्लाह भएन । ०४६ पछि सत्तापक्षबाट संवादहीनता भएको पहिलो पटक हो’, ओलीले भन्नुभयो, ‘विदेश नीति, परराष्ट्र सम्बन्धको विषयमा प्रतिपक्षसँग मात्र नभइ कुटनैतिक व्यक्तित्वसँग पनि कुनै सल्लाह भएन । यो गम्भीर विषय हो ।’

निषेधको राजनीति गरेर सरकारले लोकतन्त्रको नयाँ परिभाषा दिन खोजेको उहाँले आरोप लगाउनुभयो । जटिल भूराजनीति भएको हाम्रो जस्तो देशले न्यायोचित राष्ट्रियहितमा ध्यान दिनुपर्ने ओलीले बताउनुभयो। नेपालको आन्तरिक राजनीति प्रणालीमा मतभेद हुन्छ बाहिरी शक्तिको हस्तक्षेप बढेको ओलीको भनाइ थियो । सरकारले सत्तामा बसेर राष्ट्रियहित विपरित सौदावाजी गरेको उहाँले आरोप लगाउनुभयो ।
गुमेको भूमि फिर्ता माग्ने काम कुनै अध्यल्याईं नभएको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकार नगिराएको भए कालापानी क्षेत्र नेपालमा आइसक्ने दावी गर्नुभयो ।