२६ भदौ २०८३, शुक्रबार 1789176005
Banner

वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा

काठमाडौं – नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताउनुभयो।

उहाले भन्नुभयो, ‘उद्योग मन्त्रीज्यू अत्यन्तै नालायक र गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभयो। निमुखा जनताले आफ्नो चुल्हो बाल्न सकेको स्थिती छैन। चारैतिर हाहाकार र संकटको स्थिती आइसकेको छ। यो बेला यसरी प्रस्तुत हुनु भनेको संसदको व्यग्ंय हो।’

अनेरास्ववीयूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध अश्रुग्याँस प्रहार गरेर दमन गरेको भन्दै यो अत्यन्तै निन्दनीय रहेको उहाँको भनाइ थियो ।