६ आश्विन २०८३, मंगलबार 1790081340
समाचार

बसमा आत्मदाह गरेका चालक अर्जुनका दुई श्रीमती आए सम्पर्कमा

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह गरेका चालक अर्जुन दोङका दुई श्रीमती सम्पर्कमा आएका छन् । आत्मदाहपछि परिवारका सदस्य काठमाडौं आएर कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका हुन् ।

यसअघि प्रहरीले मृतकलाई दावा लामा बताए पनि उनको वास्तविक पहिचान अर्जुन दोङ रहेको खुलेको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का करिब २२ वर्षीय अर्जुनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनका दुई श्रीमती र एक छोरा रहेको पुष्टि भएको छ । उनका परिवारका सदस्यसहित दुवै श्रीमती अहिले अस्पतालमा छन् । अर्जुन सात दाजुभाइमध्ये कान्छा हुन् ।

यसैबीच अर्जुनको मृत्युको विषयलाई लिएर उनका परिवार, आफन्त र यातायात व्यवसायीले कीर्तिपुर बर्न अस्पतालबाहिर प्रदर्शन गरिरहेका छन् । हालसम्म उनको शव अस्पतालबाट निकालिएको छैन ।