काठमाडौं । पार्टी एकताका लागि नेपाली कम्युनिष्ट पार्टीले वार्ता टोली गठन गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न देव गुरुङको संयोजकत्वमा तीन सदस्य वार्ता टोली बनाएको हो। वार्ता टोलीको सदस्यमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्।

