६ आश्विन २०८३, मंगलबार 1790099907
समाचार

राजनीतिक विष्लेषक दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । राजनीतिक विष्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले २४ घण्टाभित्र मिसिल र बन्दीसहित उपस्थित हुन सरकारका नाममा आदेश दिएको हो। सर्वोच्चले कारण देखाउ आदेश पनि जारी गरेको छ ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित’ लिखित जवाफ पेश गर्न भनेको छ।