४ आश्विन २०८१, शुक्रबार 1726831280
Banner

सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग ३३ व्यवसायिक संस्थाले गरे सम्झौता (सूचीसहित)

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो। 

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको  रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए। नबिल बैङ्कसँग यसअघि नै सम्झौता भइसकेको छ।

सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ। यसबापत उनीहरूले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्। 

यसरी सञ्चालन भएका शौचालयको अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोकिनेछ। उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्। 
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरको सार्वजनिक-निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरिएको थियो। 

सम्झौता भएका संघ संस्थाः 
१ टाइम्स स्क्वायर लाउन्ज एण्ड बार, बालुवाटार 
२ पशुपति भ्यू होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३ डेन्टल भिला वडा नं. १४, बल्खु 
४ देवयानी इन्टरनेशनल नेपाल प्रालिअन्तर्गत 
 क पिजा हट, वडा नं. १ दरबारमार्ग 
 ख केएफसी, वडा नं. १ दरबारमार्ग 
 ग केएफसी, वडा नं.६ बौद्ध
५ डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६  होटल रत्नज्योति, पेरिसडाँडा
७ नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रालि, शंखमूल
८ खानेकुरा प्रालि, गौशाला
९ सांग्रिला डेभलपमेन्ट बैङ्क, बालुवाटार
१० बेबिलोन नेशनल स्कुल, शान्तिनगर
११ ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२ नेपालय पब्लिकेसन, डिल्लीबजार
१३ बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४ गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५ घराना लञ्च एण्ड बार, बानेश्वर
१६ कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
१७ सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८ नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक 
१९ आरडीएक्स बार प्रालि‚ ठमेल
२० नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट 
२१ कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार 
२२ बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमूल
२२ नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३ सांग्रिला डेपलपमेन्ट बैङ्क, बालुवाटार
२४ बिन्का लङ्, छाउनी
२५ प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध   
२६ मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी 
२७ क्रिम्पजी एडभेन्चर हब, बौद्ध
२८ बर्गर हब एण्ड केसिए चिकेन, बिजुलीबजार 
२९ अनुपम फुडल्याण्ड, बत्तिसपुतली
३० रिट्रिप क्याफे, बौद्ध
३१ चिकेन स्टेशन
३२ स्तुपा हब, बौद्ध