७ आश्विन २०८३, बुधबार 1790201107
Banner

मौसमको सूचना : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई पनि असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न भनेको छ । साथै, अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ ।