काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् ।
बुधबार (असोज ९) नेपाल प्रहरीले मंगलबार (असोज ८) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार मकवानपुर, अर्घाखाँची, गोरखा, स्याङ्जा, रौतहट र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
साथै, कोशीमा ३१, मधेशमा १२, काठमाडौं उपत्यकामा ८, बागमतीमा ८, गण्डकीमा ७, लुम्बिनीमा १४, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ९ गरी ९४ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।

