पोखरा । निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ ।
निरन्तर वर्षाको कारण नदीमा पानीको बहाव बढेको छ । नदीको पानीको निकास कम हुँदा ताल बनेको हो ।
जिल्ला प्रशासन कार्यालयल कास्कीले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
पानीको निकास विस्तारै भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यहाँ ठूलो पानी पर्दा प्रत्येक वर्ष नदी थुनिने समस्या हुने गरेको छ ।

