१२ आश्विन २०८३, सोमबार 4:37 pm
समाचार

चोलेन्द्र प्रकरण : एसएसपी खड्कालाई मानवअधिकार आयोगको बोलावट

काठमाडौं : आइतबार प्रहरी हिरासतमा राखिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग भेट गर्न नदिएको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई बोलाएको छ । मानवअधिकार आयोगको निर्णयअनुसार पत्र लेखेर सम्बन्धित प्रहरीलाई बोलाइएको हो ।

पूर्वप्रधानन्यायाधीश राणालाई मध्यराति महाराजगञ्जस्थित घरबाट पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको थियो । उनलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगको टोली पुग्दा प्रहरीले भेट्न दिएको थिएन ।