काठमाडौँ । काठमाडौँको मच्छेगाउँबाट घरेलु मदिरा बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भएर मच्छेगाउँ बस्ने मदन तामाङ र सोही ठाउँका २३ वर्षीय समीर तामाङ छन् ।
उनीहरुले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ स्थित टहरोमा घरेलु मदिरा तयार गर्ने र बेच्ने काम गर्दै आएका थिए । प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटिएको टोलीले टहरोमा बेच्न राखेको ६५० लिटर मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने ४ हजार लिटर कच्चा झोल पदार्थ र भाँडाकुँडा बरामद गरेको छ ।
सोमबार साँझ पक्राउ परेका आरोपीहरूबारे आन्तरिक राजस्व कार्यालय कलंकीले अनुसन्धान गरिरहेको छ ।

