२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:12 am
Banner

प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी हुनेछ : परराष्ट्रमन्त्री

सूचना प्रेस २०८३ आश्विन १४ बुधबार ००:००, १०:४० बजे १ मिनेट पढाइ

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्री बालेन शाहको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको उनले स्मरण गराए। यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारे।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’