१५ आश्विन २०८३, बिहिबार 6:53 pm
समाचार

दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुर। धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहो छन् । प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन्।

यसैबिच धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ। पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा साहको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालका अनुसार साह छिमेकीको घरमा विद्युत् मर्मतको कार्य गर्ने क्रममा उनको करेन्ट लागेर मृयु भएको हो।