१७ आश्विन २०८३, शनिबार 7:16 am
अर्थ

म्याक्स टाइगरले ल्यायो ‘दशैं धमाका’, ३६ बाइक-स्कुटर र प्रोटोन कार जित्ने अवसर

काठमाडौं । दशैंलाई लक्षित गर्दै म्याक्स टाइगर इनर्जी ड्रिङ्कले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो।

अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जना भाग्यशाली विजेताले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।  दशैंको उत्साहलाई उपभोक्तासँग जोड्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।