२० आश्विन २०८३, मंगलबार 7:22 am
Banner

कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

उमेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ । उमेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ । उमेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुने निर्वाचन समितिले जनाएको छ । दिनभरि बन्द सत्र र प्रचारप्रसार समानान्तर रुपमा हुने जनाइएको छ। २२ गते खुल्ला मञ्च, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेसले जनाएको छ। त्यसपछि सानेपा केन्द्रीय कार्यालयमा लगेर मतगणना गरिने छ।