काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै पदबाट निलम्बन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन् । दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

