२० आश्विन २०८३, मंगलबार 3:07 pm
समाचार

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ : चितवनकाे रत्ननगर नगरपालिका–३, बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे १० शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही
दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१ का २० वर्षीय ओशिक अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका–९, का ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।