२० आश्विन २०८३, मंगलबार 5:59 pm
राजनीति

गगनलाई सर्वसम्मत हुनबाट रोक्न प्रतिस्पर्धामा उत्रिए उनकै शिक्षक

काठमाडौं। नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा काठमाडौंका श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । उनले केही बेरअघि मात्र आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

खड्गी करिब ४० वर्षदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) र कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनले वडा कार्यसमिति सदस्यदेखि क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी पूरा गरिसकेका छन्।

कांग्रेसमा सभापतिमा गगन थापाको बलियो सम्भावना छ । तर उनलाई सर्वसम्मत हुन नदिन खड्गीका साथै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

राठौर मंगलबार मात्र बर्दिया २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । खड्गी सिद्धार्थ वनस्थली स्कुलमा शिक्षक हुँदा गगन थापा उनका विद्यार्थी थिए।