२१ आश्विन २०८३, बुधबार 11:33 am
समाचार

लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

काठमाडौँ : पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः५८ बजेसम्म रैनामैना केन्द्रमा उक्त वर्षा मापन गरिएको हो ।

हाल गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।