२२ आश्विन २०८३, बिहिबार 6:43 am
Banner

नयाँ नेतृत्व चयनका लागि काँग्रेसको आज मतदान हुँर्दै

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ। मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन्।

मतपत्र २३ वटा रहने निर्वाचन समितिले जनाएको छ। क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको हो। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने समितिले जनाएको छ।

मतदानस्थल राष्ट्रिय सभागृह र खुलामञ्चमा हुनेछ। मतदानस्थल प्रदेशअनुसार तोकिएको छ। राष्ट्रिय सभागृह ‘मतदान केन्द्र क’मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

खुलामञ्च ‘मतदान केन्द्र ख’मा कोशी प्रदेश (तराई मधेस हल), मधेस प्रदेश (तराई मधेस हल), गण्डकी प्रदेश (मिहाली हल), लुम्बिनी प्रदेश (पहाड हल) र कर्णाली/सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले (पहाड हल)मा मतदान गर्नेछन्।

मतदान सकिएपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।