२६ जेष्ठ २०८३, मंगलबार 1781066035
राजनीति

११ वटा नगरपालिकामा मतदाता नामावली डेस्क व्यवस्थित गर्न काठमाडौं एमालेको माग

काठमाडौं । नेकपा एमालेले मतदाता नामावली अद्यावधिक तथा नयाँ नाम दर्ताको लागि काठमाडौंका ११ वटा नगरपालिकामा डेस्क स्थापना गर्न माग गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेटेर सर्वसाधारणलाई समस्या परेको भन्दै नगरपालिकामा निर्वाचन कार्यालय व्यवस्थित गर्न आग्रह गर्नुभएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापा पत्र बुझाउँदै आसन्न दिनमा सम्पन्न हुने संघ तथा प्रदेशसभा निर्वाचन समेतलाई मध्यनजर राख्दै निर्वाचन आयोगको नियमित कामलाई व्यवस्थिति गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम समावेश गर्ने काम भईरहेको तर अब्यवस्थीत भएको उल्लेख छ 𑅁 कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकले मतदाता नामावली सहजता पुर्वक आफ्नो नाम मतदाता नामावालीमा समावेश गराउन ध्यानाकर्षण गराएको छ 𑅁

जिल्ला निर्वाचन कार्यालय काठमाडौँको वरिपरी बिहान देखि बेलुका साँझसम्म काठमाडौँ वासीहरु मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न लाईनमा बसेर थकित हुनु पर्ने अवस्था रहेको र भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्ने सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु अथवा नसक्ने परिस्थितिमा ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी ध्यानाकार्षण पत्र प्रस्तुत गरेको छ𑅁