४ आश्विन २०८१, शुक्रबार 1726831890
Banner

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेका र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँले केही प्रक्रियाहरू पुरा गरेर उक्त विधेयक चाँडै सदनमा पेस गर्ने बताउनुभयो ।

‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भन्नुभयो ।