२२ आश्विन २०८३, बिहिबार 12:13 pm
Banner

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ ।