२३ आश्विन २०८३, शुक्रबार 10:56 am
राजनीति

नेकपा संयोजन समिति बैठक बस्दै

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ । महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

‘बैठकले महाधिवेशनको कार्यतालिका सम्बन्धी कार्यविधि पारित गर्छ । दसैँ–तिहारको अवसरमा जमघट बढी हुन्छन् । त्यसैलाई मध्यनजर गरी हामीले अभियान चलाउन लागेका हौँ’, उनले भने ।

खनाललाई स्पष्टीकरण सोध्नेरनसोध्ने विषयमा बैठकले नै निर्णय गर्ने ज्वालाले बताए । असोज ६ गते बसेको बैठकले १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिना अभियान चलाउने निर्णय गरेको थियो ।