१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:40 pm
Banner

बडादशैंको रौनक सुरु, हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

सूचना प्रेस २०८३ आश्विन २५ आइतबार ००:००, १३:५० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा–आराधना गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरिने भएकाले घटस्थापनालाई बडादशैंको सुरुवातका रूपमा लिइन्छ।

हनुमानढोकास्थित दशैंघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। बडादशैंमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ।