२६ आश्विन २०८३, सोमबार 9:49 am
राजनीति

तपाईंहरूले गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन : चन्द्र भण्डारी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद सन्देश सार्वजनिक गर्दै भण्डारीले आफूलाई प्राप्त विश्वास र मतको सम्मान गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भण्डारीले लेखेका छन्, ‘म प्रतिबद्ध छु—तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’

उनले आगामी दिनमा व्यक्तिगत स्वार्थभन्दा सामूहिक भावना, सहकार्य र एकतालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् ।