२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:17 am
अर्थ

२४ घण्टामा ६५८ सवारीमाथि ट्राफिक कारबाही

सूचना प्रेस २०८३ आश्विन २८ बुधबार ००:००, ०९:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७, तीव्र गतिमा चलाउने ६६ र सिसिटिभीमार्फत पहिचान गरिएका २३ सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३, अवस्था ठीक नभएका सवारीसाधन ३१, लेन अनुशासन उल्लङ्घन गर्ने नौ, अनावश्यक हर्न बजाउने आठ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ। अन्य नियम उल्लङ्घनमा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।