काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको चार प्रदेशको मतगणना सुरु हुँदै छ।
आज दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
केन्द्रीय सदस्यका उम्मेदवार मतगणना स्थलमा आफैँ उपस्थित हुन पाउने तर प्रतिनिधि राख्न नपाउने समेत निर्वाचन समितिले जनाएको छ।

