काठमाडौं । साउदी अरवका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारलाई सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका छन्। आफूले महिला हिंसा गरेको आरोपबारे पहिले प्रेममा रहेको र उनी विदेश गएपछि फोनमा भनाभन मात्र भएको बताएका पछि त्यो पनि हिंसा नै भएको सांसदहरुको तर्क रहेको छ ।

बुधबार भएको संसदीय सुनुवाइ समितिको बैठकमा भएको छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदुत गिरिले भने, ‘हामी पहिले प्रेम सम्बन्धमा थियौँ, उहाँ विदेश गएपछि फोनमा सामान्य भनाभन मात्र भएको हो ।’ तर उनले आफूले कुनै हिंसा नगरेको जिकिर गरे। ती महिलासँग फोनमा झगडा भएकाले स्वीकारे गरे।
छलफलका क्रममा समिति सदस्य वर्षमान पुनले विवाद आएकाले प्रस्तावित राजदूतले नाम फिर्ता लिँदा राम्रो हुने बताए । सांसद पद्मा अर्यालले विषय गम्भीर रहेकाले एकोहोरो कुरा मात्र सुनेको भए प्रस्तावित राजदूतको अनुहार नै हेर्न नसकिने अवस्था रहेको बताइन् । उनले भने, ‘ममाथि मान्छे लगाएर पिट्ने मार्ने पनि प्रयास गरिएका छन्। पुरुषमाथि पनि हिंसा भएको छ। जातीय हिंसा भएको छ। यहाँ सबै इमेल छन्। उहाँबाट पठाएको इमेल पनि छ, मैले पनि पठाएको इमेलहरू छन्। यहाँ प्रमाण छन्, मलाई ब्ल्याकमेलिङ गरेको, पैसा मागेको कुरा यहाँ पेश गर्छु।’
उनले राजदूतका लागि उच्च नैतिक चरित्र हुनुपर्ने मापदण्ड आवश्यक रहेको भन्दै पीडितको निवेदनका आधारमा कुनै पनि हिसाबले सुनारलाई राजदूत स्वीकार गर्न नसकिने बताइन् । ‘तपाईँमाथि जे आरोप लाग्यो, त्यो धेरै गम्भीर लाग्यो’, उनले भनिन्, ‘जतिबेला प्रेम सम्बन्धको कुरा छ, तपाईँको पनि श्रीमती छन् । घरमा श्रीमती भएको श्रीमान् परस्त्रीसँग प्रेम सम्बन्ध गर्नु भएको छ, यो नैतिक आचरणविपरीत छ र अनि महिला हिंसा हुँदैन ?’
समिति सदस्य प्रेम दंगालले दुईवटा कारणले सुनारलाई राजदूतका रूपमा सिफारिस गर्न नसकिने बताए ।

