१ कार्तिक २०८३, शनिबार 3:41 pm
Banner

कांग्रेस महाधिवेशनको मतगणना सकियो

काठमाडौँ : १५औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ।

असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको छ। यस्तै सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खसआर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको छ। सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केहीबेरमा नतिजा सार्वजनिक हुने कटुवाले जानकारी दिए।

प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी भएको छ। त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन्।