३० आश्विन २०८३, शुक्रबार 6:30 pm
Banner

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेका हुन्। ती अध्यादेशमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमा  उल्लेख छ।