काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नक्साल भगवतीको दर्शन गरेका छन्। सोमबार पत्नी सविता पौडेलसहित मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजाआराधना गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका ग्रहण गरे।

बडादशैँका अवसरमा राष्ट्रपति पौडेलले नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी, दक्षिणकालीलगायत शक्तिपीठहरूमा दर्शन गर्ने गरेका छन्।

