२ कार्तिक २०८३, सोमबार 4:32 pm
Banner

मलेसियास्थित नेपाली दूतावास दशैमा ३ दिन बन्द हुने

काठमाडौं । दसैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ । नेपाली दूतावासका अनुसार मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् । दूतावासले दसैंको अवसर पारेर मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाइ दरुसलाम तथा पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना व्यक्त गर्दै ३ दिन कार्यालय बन्द रहने जानकारी गराएको हो ।

दूतावासले नियमित सेवा अक्टोबर २३ शुक्रबारदेखि पुन सञ्चालन हुने जनाएको छ । दूतावासले बिदा अवधिमा आकस्मिक सहयोग आवश्यक परे हटलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।