७ कार्तिक २०८३, शनिबार 9:53 am
राजनीति

गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत बास्कोटाले अर्थमन्त्री वाग्ले भारत पुग्नेबित्तिकै नेपाल राष्ट्रविरुद्ध बोल्ने गरेको आरोप लगाउँदै टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्।’

बास्कोटाले नेपाली राष्ट्रवादलाई भारतको विरोधसँग मात्रै जोडेर हेर्ने भाष्य अब नरहेको भन्ने तर्कको पनि आलोचना गरे।

उनले यस्तो भाष्यलाई राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक विषयमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइका रूपमा व्याख्या गरे।

‘नेपाली राष्वाद भनेको भारतको विरोध हो- त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो,’ उनले भने।