कपिलवस्तु : शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । स्थानीय २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी हुन् ।
आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।
साथै, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरी अस्मिता बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा ल्याइएको छ ।

