काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट बर्खास्त भएका दानबहादुर कार्की सरकारको निर्णयविरूद्व अदालत जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षबाट हटाएर मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय गरेको थियो । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार जिम्मेवारी दिएको छ । सरकारको निर्णयपछि कार्कीले अदालत जाने तयारी गरेका स्रोतले जानकारी दिएको हो ।

