४ आश्विन २०८१, शुक्रबार 1726835484
Banner

राष्टि«यता तमासा देखाउने चिज होइन, सत्य के हो बाहिर आओस : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपी सम्झौतमा आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दावी गनुृभयो । उहाँले भन्नुभयो, राजेन्द्र वहादुर क्षेत्री जिवितै हुनुहुन्छ, त्यो उहाँलाई सोधे हुन्छ नि ? ततकालिन प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएको उहाँको तर्क थियो । हातले लेखेर केरमेट गरिएको छ । सवै लाइनमा टाइप गरिएको छ बीचको ५० चाहि कसरी हातले लेखियो ? उहाँको प्रश्न थियो । यो छलि काम अहिलेको सरकारले गरेको छ ।

यदि मेरै सरकारमा भएको छ भनेपनि त्यो गलत छ त्यो मेरो जानकारी बिना भएको छ, अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले आफ्नो समयमा कुनै हस्ताक्षर गरेको प्रमाणित गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘यस बिषयमा अमेरिकन एम्बेसीले पनि सत्य बोलोस । म प्रधानमन्त्री हुनुभन्दा अगाडि नै पत्र लेखिएको छ । यसमा एम्बेसीले बोलोस भन्ने लागेको छ ।’

हातले नलेखेको कहिलेको मितिमा पठाएको थियो त्यो निकाल्न सरकारलाई आग्रह गर्दछु ओलीले भन्नुभयो । राष्टि«यता भन्ने चिज तमासा देखाएर, हाउभाउ गरेर, नखरा देखाएर, झुक्याउने अभिनय गर्ने चिज नभएको भन्दै सत्य तथ्य पत्ता लगाउन आग्रह गर्नुभयो । ‘राष्टि«यता भनेको आफनो देश आफनो राष्ट्र आफनो राष्टि«यता आफनो जनता भुगोलदेखि समाजका सम्पुर्ण पक्षको समग्र हितमा तलमाथि गर्न नपाओस भन्नेमा हामी सजग छौ।’ त्यसको सुरक्षासम्मका कुरा समेटिन पाउन । एमसिसि शेरवहादर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो ।

उहाँहरुले नै पास गनुृभयो । बीचमा खुब हल्ला गर्नुभयो । प्रचण्ड र देउवाले सरकारी खर्चमा मानिसलाई लटपटयाएर ५ महिनाभित्र हामी पास गछौ भनेको होइन ? पत्रकारलाई पनि लटपटयायर उहाँहरुले पास गर्ने । अर्कोतिर पास हुँदैहुदैन भनेर अन्तराष्टि«य रुपमा पनि भुमिका खेलेर आउने। जनतालाई धोका दिएर पास गर्ने । अनि सवैभन्दा बढि पनि आर्फै सडकमा उफ्रिने त मााओवादी थिएन र ? सभामुखकै पद जानेभएपछि एमसिसि पास भएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, सभामुखको पदसँग एमसीसी साटिएको छ।