२६ भदौ २०८३, शुक्रबार 1789165765
Banner

अध्यक्ष ओली आफैले मेशिन चलाएर धान रोपेको देखेपछि किसान दङ्ग (भिडियो)

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान दिवसका अवसरमा आफैले धान रोप्ने मेशिन चलाएर धान रोप्नुभएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा आज आयोजना गरेको रोपाई महोत्सवमा उहाँले मेसिनबाट धान रोप्नुभएको हो। झरीको बेवास्ता गर्दै उहाँ रोपाहारसँग धान रोप्न जोशका साथ हँसिमजाक गर्दै खेतमा पस्नुभएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले झण्डै २० मिनेट मेसिनबाट धान रोप्ने कार्यमा सहभागि हुनुभएपछि किसान दंङ्ग पर्दै आश्चर्य मानेर हेरेका थिए । उहाँसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगाल धान रोप्ने मेशिनमा चढनु भएको थियो । भक्तपुर किसान महासंघका जिल्ला उपाध्यक्ष मोहन थापाको करिब ५ रोपनी जमिनमा आज धान रोपिएको थियो ।