३१ भदौ २०८३, बुधबार 1789539667
Banner

धान दिवसमा युवसंघले गरयो रोपाइँ (भिडियो)

काठमाडौं । नेकपा एमालेको भातृसंगठन युवासंघले असार १५ अर्थात धान दिवस मनाएको छ । ललितपुरको बुङ्‍मतीमा आयोजित धान रोपाइँ कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेत, युवासंघका अध्यक्ष किरण पौडेल, चर्चित नायिका करिश्मा मानन्धर लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।